तनहुँमा एमालेका महाधिवेशन प्रतिनिधि चयन

तनहुँ – नेकपा एमालेको १०औं महाधिवेशनका लागि तनहुँमा प्रतिनिधि चयन गरिएको छ । शनिबार सर्वसम्मत प्रतिनिधि चयन गरिएको निर्वाचन अधिकृत शिवदत्त ढकालले जानकारी दिए । उनका अनुसार महिला, दलितसहित १३ जना प्रतिनिधि चयन गरिएको हो । प्रतिनिधि बन्न ४३ जनाको उम्मेदवारी परेको थियो ।
तनहुँमा दुई वटा संघीय निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्बर १ बाट पाँच जना र २ बाट आठ जना प्रतिनिधि चयन भएका छन् । राष्ट्रियसभा सदस्यदेखि प्रतिनिधिसभा सदस्य, उपमेयरसम्म महाधिवेशन प्रतिनिधि बनेका हुन् ।
तनहुँ क्षेत्र नम्बर १ मा खुलातर्फ इन्द्र कुँवर, हरिराज कडेल, बाबुराम अधिकारी, कलावती ढकाल चयन भएका छन् । महिलातर्फ राष्ट्रियसभा सदस्य भगवती न्यौपाने चयन भएकी छन् । क्षेत्र नम्बर २ मा खुलातर्फ प्रतिनिधिसभा सदस्य एवम् जिल्ला अध्यक्ष केदार सिग्देल, रामचन्द्र उपाध्याय, धर्मराज खनाल, विष्णुभक्त सिग्देल, श्रीप्रसाद श्रेष्ठ चयन भएका छन् । महिलातर्फ शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइली र राधा महत चुनिएका छन् ।
दलिततर्फ बाबुराम सुनार चयन भएका छन् । उनी पनि क्षेत्र नम्बर २ कै हुन् । तीन गुणा बढीले महाधिवेशन प्रतिनिधि बन्ने चाहना राख्दा सर्वसम्मत चयन गर्नलाई सकस परेको थियो । प्रतिनिधि चयन गर्न क्षेत्र नम्बर १ मा एकबहादुर रानाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल नै बनाइएको थियो ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया