प्रधानन्यायाधीशले घरबाटै गठन गरे आफूबाहेकका १० इजलास

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूबाहेकका १० वटा इजलास गठन गरेका छन् । नेपाल बार एसोसिएसन र सहकर्मी न्यायाधीशहरूको विरोधबीच जबराले आइतबारका लागि १० वटा इजलास गठन गरेका हुन् ।
नेपाल बारले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मुल गेटमा धर्ना दिएपछि जबराले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासबाटै इजलास गठन गरेर मुद्दाको पेसी तोकेका हुन् । उनले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोकेका छन् ।
नेपाल बारले शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको भन्दै बहस बहिष्कार गर्ने निर्णय गरेको छ भने असन्तुष्ट न्यायाधीशहरूले भने बारले बहस बहिष्कार गरेको इजास नबस्ने बताएका छन् ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया