सर्वोच्च प्रशासनले अदालतबाट हटायो सशस्त्र प्रहरी

काठमाडौं - कानुन व्यवसायीहरूको आन्दोलन दबाउन शुक्रबार सशस्त्र प्रहरी परिचालन गरेको सर्वोच्च अदालत प्रशासन आइतबार त्यसबाट पछि हटेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीलाई आइतबार प्रहरीले सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न दिएको छ ।
शुक्रबार खटाइएको सशस्त्र प्रहरी पनि हटाइएको छ । तर, प्रहरीले नेपाल बारका पदाधिकारीहरूले सम्बाेधन गर्न लाग्दा माइक खोस्न खोजेका छन् भने कानुन व्यवसायीहरू चर्को नाराबाजी गरिरहेका छन् ।
धर्ना कार्यक्रममा बोल्दै नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलले राजीनामा नदिएसम्म धर्ना दिन नछाड्ने बताए । उनीहरूले शुक्रवार भएको प्रहरी दमनको चर्को स्वरमा निन्दा गरेका छन् ।
तस्बिर: अनुज बज्राचार्य

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया