इटहरीका मेयर द्वारिकालाल चौधरीले भने– म एमालेमै छु

सुनसरी- इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले आफू नेकपा एमालेमै रहेको प्रष्टीकरण दिएका छन् । गत शुक्रबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग बसेर खाना खाएको तस्बिर सार्वजनिक भएपछि उनले आइतबार सो प्रष्टीकरण दिएका हुन् ।
इटहरीमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफू अहिले पनि एमालेमै रहेको र नेकपा (एस)मा नगएको बताएका हुन् । ‘माधव नेपाल मकहाँ आउनु भयो । मैले खाना खुवाएको हुँ’, उनले भने, ‘खाना खाएर माधव नेपाल फर्कनुभयो । म नेकपा (एस)मा गएको हल्ला गलत हो । अहिले पनि एमालेमै छु ।’
गत शुक्रबार चौधरीलाई भेट्न मुख्यमन्त्री राजेन्द्र राईसहित अध्यक्ष नेपाल चौधरीकै निवास पुगेका थिए । चौधरी एमालेबाट मेयरमा निर्वाचित भएका नेता हुन् ।
तर, माधव नेपालसहित नेकपा (एस)का नेताहरूसँग बसेर खाना खाएको तस्बिर सार्वजनिक भएपछि उनले एमाले छाडेको अनुमान गरिएकाे थियाे ।

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

प्रतिक्रिया