बिहीबार २१ चैत, २०८१
Thursday, April 03, 2025

रोल्पामा जीप दुर्घटना, तीन जनाको मृत्यु

बुटवल । रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्‍यु हुनेमा दुई पुरुष र एक महिला छन् ।आइतबार बिहान ११ बजेतिर भएको दुर्घटनामा थप तीन जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले मृतकको पहिचान भइ नसकेको बताए । जीपमा ६ यात्रु भएको आशंका भइरहेको सुवेदीले जानकारी दिए । प्रहरीले दुर्घटना स्थलमा खोजी कार्य जारी राखेको छ ।

माडी गाउँपालिका वडा नं. ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको यात्रुबाहाक जीप बिहान ११ बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण खुखेलेको छैन ।