शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि पेसी तोके

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बन्दीप्रत्यक्षीकरणबाहेकका अन्य मुद्दामा पनि पेसी तोकेका छन् । राणाले प्रधानन्यायाधीश निवासबाट पेसी तोकेर स्कर्टीङ सहित सर्वोच्च अदालतमा प्रवेश गरेका छन् । 

राणाले आज १० ओटा इजलासमा पेसी तोकेको भएपनि आफ्नो लागि भने कनै इजलासमा पेसी राखेका छैनन् । पेसी तोकिएपनि सुनुवाइ भने भएको छैन । 

सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेको छ । बार एसोसिएसनको आन्दोलनका बाबजुद राणा वैकल्पिक गेटबाट सर्वोच्च अदालतमा प्रवेश गरेका थिए ।