फेसबुकले अस्तित्व मेटाउन खोजेको मेटाको आरोप

काठमाडौँ- फेसबुकले आफ्नो ब्राण्डिङ चोरेको भन्दै सिकागोको टेक कम्पनी अदालत जाने भएको छ । आफ्नो कम्पनीको नाम चोरेको भन्दै मेटा नाम गरको कम्पनीले फेसबुकविरुद्ध मुद्दा दायर गर्ने भएको हो।
मेटा कम्पनीका संस्थापक नेट स्कुलिकले फेसबुकले आफ्नो कम्पनी खरिद गर्न प्रयास गरेको तर, विक्री नभएकपछि मिडियाको बलमा आफ्नो कम्पनीको अस्तित्व मेटाउन खोजेको आरोप लगाएका छन् । कम्पनीकाअनुसार फेसबुकले पटक पटक प्रयास गर्दा पनि कम्पनी खरिद गर्न नसकेपछि सानो कम्पनी भनेर मिडियाका बलमा कम्पनी हडप्न खोजेको र यसको विरुद्ध अदालत जाने तयारी गरेको छ ।
सन् २०१६ मा मेटा कम्पनीले आफ्नो ट्रेडमार्क दर्ता गराएको बताएको छ । उता फेसबुकले भने उक्त कम्पनीले लगाएको आरोपको अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

प्रतिक्रिया