विराटनगर उच्च बार तीन दिने आन्दोलनमा

विराटनगर - न्यायपालिकाको गरिमा कायम राख्न न्यायिक नेतृत्वले उचित निकास दिनुपर्ने भन्दै उच्च अदालत विराटनगर बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ ।
आइतबार उच्च अदालत विराटनगरको मुल गेटमा बार सम्वद्ध कानुन व्यवसायीहरुले कालोपट्टीसहितको विरोध कार्यक्रमको थालनी गरेका हुन् । उनीहरुले कात्तिक ३० गतेसम्म विरोधका कार्यक्रम जारी राख्ने बताएका हुन् ।
उच्च बारका सचिव प्रेम कुमार घिमिरेले कात्तिक २५ गते सर्वोच्च अदालतभित्र कानुन व्यवसायीहरुलाई सुरक्षाकर्मी लगाएर अत्याधिक बल प्रयोग गराइएको र हातपात समेत भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारले सुरक्षाकर्मीहरु लगाएर हस्तक्षेप गरी न्यायपालिकाको गरिमा, निष्पक्षता र संवेदनशिलतामाथि प्रहार भएको विज्ञप्तिमार्फत आरोप लगाए ।
उच्च बार विराटनगरले त्यस्तो घटना दुर्भाग्यपूर्ण भएको भन्दै अब उप्रान्त त्यस्ता घटना नदोहोर्याउन र भएका गल्तीप्रति जिम्मेवार हुन सरकारलाई आग्रह गरेको छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया