शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

ओलीलाई अध्यक्षबाट हटाउने बहुमत सदस्यको निर्णय

फाइल तस्वीर

काठमाडाै‌ : सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ । बबरमहलमा म‌ंगलबार जारी समूहको केन्द्रीय समिति बैठकले अध्यक्षबाट ओलीलाई हटाउने निर्णय गरेको केन्द्रीय सदस्य तथा सा‌ंसद रेखा शर्माले जानकारी दिइन् ।

शर्माका अनुसार संसद् विघटन गरेको र पार्टीको अनुशासन उलङ्घन गरेको भन्दै दाहाल-नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाउने  निर्णय गरेको हाे । यसअघि ओली समूअको केन्द्रीय कमिटी बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएको हो । म‌ंगलबार बालुवाटारमा बसेको ‌ओली खेमाको केन्द्रीय समिति बैठकले प्रवक्तामा प्रदीप ज्ञावालीलाई नियुक्त गरिसकेको छ ।