आइतबार पनि घट्यो सेयर बजार

काठमाडौँ- साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक १.३८ अंक ले घटेको छ । आज नेप्से २६८८.९२ अंकमा झरेको छ । गत साताबाट घट्न थालेको नेप्से परिसुचक आज पहिलो दिनको कारोबारमा पनि रोकिएन । आज सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.०५ प्रतिशतले घटेको हो ।
नेप्सेमा कारोबार भएकामध्ये १०३ कम्पनीकाे सेयर मूल्य बढेको छ भने ७५ कम्पनीको सेयर मूल्य घटेकाे छ ।
आज २०३ कम्पनीका ४ अर्ब ९ करोड रुपैयाँ मूल्यका ७४ लाख ३४ हजार ५ सय ३७ कित्ता सेयर सेयर ६१ हजार ४ सय ५ पटकमा किनबेच भएको छ। आइतबार बोटलर्स नेपालको सेयरमा सर्किट ब्रेकर लागेको छ ।
आज महालक्ष्मी विकास बैंकको सर्वाधिक ३ लाख ८७ हजार ५ सय १४ कित्ता सेयर २७ करोड ३९ लाख रुपैयाँ मूल्यमा किनबेच भएको छ ।
मिति |
नेप्से परिसूचक |
कारोबार रकम |
कात्तिक ७, आइतबार |
२,५८४.५२ |
२ अर्ब ७७ करोड रुपैयाँ |
कात्तिक ८, सोमबार |
२,६७२.२५ |
४ अर्ब ३० करोड रुपैयाँ |
कात्तिक ९, मंगलबार |
२७५१.०२ |
६ अर्ब ३१ करोड रुपैयाँ |
कात्तिक १०, बुधबार |
२७६९.१३ |
६ अर्ब ६१ करोड रुपैयाँ |
कात्तिक ११, बिहीबार |
२७८२.१६ |
५ अर्ब ३९ करोड रुपैयाँ |
कात्तिक १४, आइतबार |
२८३७.६१ |
७ अर्ब ८२ करोड रुपैयाँ |
कात्तिक १५, सोमबार |
२८१९.८६ |
७ अर्ब ७७ करोड रुपैयाँ |
कात्तिक १६, मंगलबार |
२८४३.६२ |
६ अर्ब ७ करोड रुपैयाँ |
कात्तिक १७, बुधबार |
२८४८.८४ |
६ अर्ब ५५ करोड रुपैयाँ |
कात्तिक २२, सोमबार |
२,८२९.६४ |
४ अर्ब ४२ करोड रुपैयाँ |
कात्तिक २३, मंगलबार |
२,७४९.८६ |
६ अर्ब ५२ करोड रुपैयाँ |
कात्तिक २५, बुधबार |
२,६९०.२९ |
५ अर्ब ११ करोड रुपैयाँ |
कात्तिक २८, आइतबार |
२६८८.९२ |
४ अर्ब ९ करोड रुपैयाँ |

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

प्रतिक्रिया