बुधबार २८ जेठ, २०८२
Wednesday, June 11, 2025

कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु भएन

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन । आज (आइतबार) दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन नसकेको हो । 

केन्द्रीय समिति अघि बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक नसकिएकाले केन्द्रीय समिति बैठक बस्न नसकेको हो । जारी पदाधिकारी बैठकमा ७ वठा प्रदेशको महाधिवेशन तयारी समिति गठन र त्यसको संयोजक को राख्ने भन्ने विषयमा विवाद जारी छ । 

केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेका नेताहरु दिउँसो १ बजेदेखि देउवा निवासको बैठक कोठामा बसिरहेका छन् । यसअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी डाकिएको बैठक देउवा निवासमा सारिएको हो । सानेपामा रौतहट कांग्रेसका नेता कार्यकर्ता धर्नामा बसेको सूचनापछि सभापति देउवाले बैठक आफ्नै निवासमा डाकेका हुन् ।