बुधबार २८ जेठ, २०८२
Wednesday, June 11, 2025

एमाले बाँकेले महाधिवेशन प्रतिनिधि छान्यो

बाँके - नेकपा एमालेले आसन्न १० औं राष्ट्रिय महाधिवेशनका लागि बाँकेबाट सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरेको छ । जिल्लास्थित पालिका कमिटी, वडा कमिटी र जिल्ला कमिटी सचिवालय सदस्यहरूको म्यान्डेटको आधारमा नेतृत्वले सर्वसम्मत रूपमा प्रतिनिधि छानेको हो ।

एमाले बाँकेका उपसचिव प्रमोद धितालले दिएको जानकारीअनुसार क्षेत्र नम्बर १ बाट देवराज भार, सूर्य ढकाल, प्रेम भुसाल, वसन्ती अधिकारी र भारती खनाल छनोट भएका छन् । यसैगरी क्षेत्र नम्बर २ बाट पार्टी जिल्ला अध्यक्ष निरक गुरुङ, अशोक कर्माचार्य, हलिम शाह, विजया धिताल छानौट भएका छन् । क्षेत्र नम्बर ३ बाट पार्टी उपाध्यक्ष किस्मत कक्षपति, सचिव रत्न खत्री, घननाथ खनाल र भूमिसरा धिताल प्रतिनिधि चयन भएका छन् । 

बाँकेमा थारु र मधेशी बाहुल्यता क्षेत्र भएको अवस्थामा पार्टी महाधिवेशनको प्रतिनिधि छनोट प्रकृयामा मधेसी र थारुलाई किनारा लगाएर प्रतिनिधि छनोट गरिएको भन्दै केही असन्तुष्टि देखा परे पनि आफुहरूलाई प्राप्त म्यानुडेट अनुसार समानुपातिक तरिकाले प्रतिनिधि छनोट गरेको अध्यक्ष निरक गुरुङले जानकारी दिए ।