कूटनीतिक कर्मचारी बिनाभिसा ओमान जान पाउने

काठमाडौं : माथिल्लो ओहोदामा बसेका राजनीतिज्ञ र कर्मचारीहरु बिनाभिसा ओमान जान पाउने भएका छन् । नेपाल र ओमानबीच कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी बाहकलाई एक-अर्काका मुलुकमा ९० दिनसम्म बिनाभिसा आउजाउ गर्न दिने सहमतिपछि त्यस्तो सुविधा तय भएको हो । ओमानको परराष्ट्र मन्त्रालयमा दुई पक्षबीच सम्झौतामा सोमबार हस्ताक्षर भएको हो ।
परराष्ट्र मन्त्रालयमार्फत पछिल्लो समय सर्वसाधारणको पासपोर्टभन्दा सरकारी तहको पासपोर्टमा नै सुविधा-सम्झौता गर्ने काम भएका छन् । कूटनीतिक र विशेष पासपोर्टमा खासै समस्या हुँदैन तर पनि त्यसमा नै सम्झौता गर्ने र कामको सूचि तय गर्ने कार्य बढेको छ । यद्यपि मन्त्रालयको चाहनाअनुरुप राजदूत तहबाट यो स्तरको कार्य अघि बढ्नु राम्रो हो । सरकारले कूटनीतिक र विशेष पासपोर्टमा भन्दा सर्वसाधारणको पासपोर्टलाई महत्व दिनुपर्ने सुझाव परराष्ट्र भित्रै छ ।
सम्झौताअनुसार उक्त राहदानीबाहक दुवै मुलुकका नागरिककले एक-अर्कामा प्रत्येकपटक प्रवेश गरेको मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिईकन प्रवेश गर्न, ट्रान्जिटका रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र ओमानका तर्फबाट त्यहाँका परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमणलगायत अन्य गतिविधि बढाउन सहयोग पुग्ने मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । त्यसैगरी पछिल्लो समय ओमान अन्तरराष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटका रूपमा विकास भइरहेका सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिका लागि त्यहाँ हुने भ्रमणमा समेत सो सम्झौताले सहजीकरण गर्ने भएको छ ।

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

प्रतिक्रिया