टोटनहमबाट खेल्नुभन्दा सन्यास लिन्छुः आबुमेयाङ
काठमाडौँ- पेयर एमरिक आबुमेयाङ सन् २०१८ मा आर्सनल पुगेका हुन् । पाँच वर्ष जर्मनीको बोरुसिया डर्टमन्डमा बिताएपछि गाबोनका यी स्ट्राइकर इंग्लिस प्रिमियर लिगतर्फ लागे । आबुमेयाङ हाल आर्सनलका कप्तान छन् । लन्डन क्लबमा उल्लेखिय उपाधि जित्न नसके पनि आबुमेयाङको व्यक्तिगत प्रदर्शन भने सशक्त रहँदै आएको छ । यो सिजन पनि उनले १० लिग खेलमा चार गोल गरिसकेका छन् ।
आबुमेयाङले आर्सनलको जर्सीमा कुल १५९ खेल खेलेका छन् । यी खेलमा आबुमेयाङले ९२ गाल गरेका छन् । स्ट्राइकर तथा विंगरको भूमिका निर्वाह गर्ने आबुमेयाङलाई कुनैबेला आर्सनलको प्रतिद्वन्द्वी क्लब टोटनहमले अनुबन्ध गर्ने इच्छा व्यक्त गरेको थियो ।
यस विषयमा उनले हालै प्रतिक्रिया दिएका छन् । कुनैबेला टोटनहमले आफूलाई अनुबन्ध गर्ने इच्छा जोहर गरेको तर औपचारिक प्रस्ताव नराखेको आबुमेयाङको भनाइ छ । ‘केही वर्षअघि टोटनहमले मसँग कुरा गरेको थियो । त्यसबेला म कुन क्लबमा थिए, ठ्याक्कै भन्न सक्दिँन । हुनसक्छ म सेन्ट एटिएनमा थिए वा भर्खरै डर्टमन्ड पुगेको थियो । टोटनहमसँगको छलफलपछि म ह्वाइट हार्ट लेन पनि पुगे । तर पछि टोटनहमले औपचारिक प्रस्ताव राखेन,’ आबुमेयाङ भन्छन् ।
टोटनहम आर्सनलको प्रतिद्वन्द्वी भएकाले अब त्यस क्लब जाने सोच्न नसकिने बताएका छन् । ‘यदि मलाई सन्यास लिने वा टोटनहम जाने विकल्प दिए, म सन्यास लिने विकल्प रोज्नेछु । टोटनहमले मसँग जुन किसिमको व्यवहार गर्यो, त्यसले पनि मलाई क्रोधित बनाएको छ । यसकारण पनि टोटनहमविरुद्ध गोल गर्ने प्रयास गरिरहेको हुन्छु,’ आबुमेयाङले भनेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया