भक्तपुरमा साढे १३ करोड लगानीमा शंखधर पार्क निर्माण
काठमाडौँ - मध्यपुर थिमि नगरपालिकास्थित शंखधर चोकमा शंखधर पार्क निर्माण गरिएको छ । मध्यपुर थिमि नगरपालिका र काठमाडौं महानगरपालिकाको संयुक्त लगानी र साझेदारीमा पार्क निर्माण भएको हो ।
उपत्यका नगरपालिका फोरमका अध्यक्षसमेत रहेका काठमाडौं महानगरका नगर प्रमुख विद्यासुन्दर शाक्यले आइतबार एक कार्यक्रमकाबीच पार्क उद्घाटन गरेका छन् । नगरपालिकाको वडा नम्बर– ४ स्थित शंखधर चोकमा करिब १३ रोपनी क्षेत्रफलमा पार्क फैलिएको छ ।
१३ करोड ५० लाख रूपैयाँ लागतमा निर्माण भएको पार्कमा काठमाडौं महानगरले २ करोड रूपैयाँ सहयोग गरेकोे छ । पार्कमा नेवारी समुदाय र काठमाडौं उपत्यकाको वास्तु शिल्प र कला झल्काइएको छ । नेपाली मौलिक शैलीमा पार्क निर्माण गरिएको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया