सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

बेलायतबाट नेपाल प्रवेशमा रोक

काठमाडौँ : नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार अपरान्ह बसेको कोभिड-१९ नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । 

यस्तै निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुदै नेपाल आउनसमेत रोक लगाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले जानकारी दिए । गुरागाईले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको जानकारी दिए । 

युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपालले पनि मुलुक प्रवेशमा रोक लगाएको बताए । बैठकले पुस १ गते यता नेपाल आएकाहरूले अनिवार्य रुपमा ७ दिन क्‍वारेन्टाइन बसेर पीसीआर परीक्षण गरेपछि मात्र गन्तब्यमा जान अनुरोध गरेको छ । यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहनेले अनिवार्य रूपमा १० दिन होटल  क्‍वारेन्टाइन बसेर परीक्षण गरेर मात्र घर जान पनि अनुरोध गरेको छ ।