व्यवसायसँगै राजनीतिमा छाए मनोज अग्रवाल, बने एमाले प्रदेश कमिटी सदस्य

विराटनगर– उद्योग, व्यापार र व्यवसाय संलग्न मारवाडी समुदायका मनोज अग्रवाल एमाले प्रदेश कमिटी सदस्य बनेका छन् । मोरङको रङ्गेली नगरपालिकाबासी ४५ वर्षीय अग्रवाल विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा संलग्न थिए ।
रङ्गेली नगर कमिटीको इन्चार्जको जिम्मेवारीमा रहेका अग्रवाल एमालेको दशौँ महाधिवेशनमा मोरङ–५ बाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । मारवाडी समुदायबाट विरलै व्यक्तिहरु मात्र सक्रिय राजनीतिमा लाग्छन् । तर उनले व्यापारसँगै कम्युनिष्ट राजनीतिलाई पनि निरन्तरता दिइरहेका छन् ।
यद्यपि एमालेकै राजनीतिमा मोतीलाल दुगड पनि सक्रिय छन् । दुगड ‘माथि’बाट नै टिपिएका हुन् भने अग्रवालचाहिँ तल्लो तहबाटै उकालो लाग्दै आएका हुन् । उनी रङ्गेलीस्थित पब्लिक माध्यामिक विद्यालयमा अध्ययन गर्दाकै बखत अखिलबाट विद्यार्थी आन्दोलनमा संलग्न थिए । ‘म अनेरास्ववियूको प्रारम्भिक कमिटिबाटै राजनीतिमा लागेको हुँ’ अग्रवालले भने, ‘म २०४७ मा ८ कक्षामा पढ्दाकै बखतदेखि कम्युनिष्ट राजनीतिमा प्रवेश गरेको हुँ ।’
त्यसपछि उनी वडा, गाउँ, जिल्ला हुँदै प्रदेश कमिटीसम्म पुग्ने मारवाडी समुदायबाट एकाधमध्ये पर्छन् । ‘विद्यार्थीकालमा ठूला मानिसले हात मिलाईदिँदा र बाल कमरेड भनिदिँदा मख्ख हुँदै राजनीतिमा लाग्दै गइयो’ उनले इकागजसँग भने, ‘त्यतिबेला के थियो भने मारवाडी समुदायका मानिस त कम्युनिष्ट हुनु नै हुँदैन भन्नेहरु हाम्रै समुदायमा थिए । अलि राजनीति बुझेकाहरुले चाहिँ इमान्दारी र राम्रोसँग लाग्न हौसला दिए ।’
उनी २०५६ मा एमाले युवा संगठनको सदस्य भएका थिए । त्यसपछि २०६६ मा रङ्गेली गाउँ कमिटीको सचिव भएका थिए, जतिबेला एमाले सचिव प्रणालीमा थियो । २०७२ मा रंगेली नगर समन्वय समिति संयोजक भएका थिए । त्यसपछि तीन कार्यकाल निरन्तर जिल्ला कमिटी सचिवालय सदस्यमा निर्वाचित हुँदै आएका थिए ।
उनी व्यापार, राजनीतिका अतिरिक्त सामाजिक काममा पनि सक्रिय छन् । अब पनि निरन्तर राजनीतिमा सक्रिय रहने उल्लेख गर्दै उनी भन्छन्, ‘अब व्यवसायसहित पार्टीमा लाग्दा सजिलो हुँदो रहेछ । व्यवसायसहित राजनीति पनि गर्न सकिन्छ ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया