जसपाद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनविरुध्द जनता समाजवादी पार्टी (जसपा)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ४ दिनका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको सदस्य मनिष सुमनले जानकारी दिए ।
सुमनका अनुसार बिहीबार पुस ९ गते आन्दोलन तयारी बैठक गर्ने, १० गते देशभरका सबै जिल्लाका सदरमुकामहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते सबै जिल्ला सदरमुकामसहित काठमाडौँमा विशाल जनप्रदर्शन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जनताको सर्वोच्च प्रतिनिधि संस्था प्रतिनिधि सभाको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी निर्णयको जनता समाजवादी पार्टी, नेपाल जोडदार बिरोध गर्दै आन्दोलनका कार्यक्रमहरू तय गरिएको छ ।'

प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्था धराशायी बने…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाँदै

भूमिसम्बन्धी समस्या समाधानका लागि अन्तिम आयोग: मन्त्री अधिकारी

कोदोको उत्पादन वृद्धि गरी परिकार उपभोग गर्न प्रधानमन्त्रीको आग्रह

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

प्रतिक्रिया