प्रहरीद्वारा सर्लाहीमा गाँजा खेती नष्ट

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका- १४ मा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ । लालबन्दी–१४ को कामिटार, मटरखोला, हात्तीसुँडे, तोरीबारी, मटरदोभन र ब्रह्मस्थानमा स्थानीयवासीले लगाएको अवैध गाँजा खेती आइतबार प्रहरीले नष्ट गरेको हो ।
ती स्थानमा ठूलो मात्रामा गाँजा खेती लगाएको सूचनाका आधारमा पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले छ बिघा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही, सशस्त्र प्रहरी सुरक्षा बल १० नम्बर हेडक्वार्टर गण कविलासी र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प हरिवन, सर्लाहीबाट खटिएका सुरक्षाकर्मीको टोलीले सो क्षेत्रमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (एसपी) माधव बुढाथोकीले जानकारी दिए ।
सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प हरिवनका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाको नेतृत्वमा गएको ७५ जना सुरक्षाकर्मीको टोलीले गाँजा खेती नष्ट गरेको हो ।

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

प्रतिक्रिया