सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

न्युजिल्यान्डले अष्ट्रेलियालाई दियो १७३ रनको लक्ष्य

काठमाडौँ - टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा न्युजिल्यान्डले अष्ट्रेलियालाई १७३ रनको लक्ष्य दिएको छ । दुबईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको किवी टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनाएको हो ।

उसका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ८५ रन बनाए । यस्तै मार्टिन गुप्टिलले २८ रन बनाए । अष्ट्रेलियाका जोश हेजेल्वुडले ३ विकेट लिए ।