सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

अष्ट्रेलियाका वार्नर र मार्शको अर्धशतक

काठमाडौँ - न्युजिल्यान्डविरुद्ध १७३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाका डेभिड वार्नर र मिचेल मार्शले अर्धशतक बनाएका छन् । टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाका लागि वार्नर र मार्शले अर्धशतक बनाएका हुन् ।

वार्नर ५३ रन बनाएर आउट भए । उनले चार चौका र तीन छक्का प्रहार गरे । यस्तै क्रिजमा टिकेर ब्याटिङ गरिरहेका मार्शले पनि अर्धशतक प्रहार गरेका छन् । उनले पाँच चौका र चार छक्कासहित नटआउट ६९ रन बनाएर खेलिरहेका छन् ।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनाएको थियो । उसका लागि कप्तान केन विलियम्सनले अर्धशतकसहित ८५ रन बनाए । तर विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाका लागि वार्नर र मार्शले अर्धशतक बनाउँदै टिमलाई जित नजिक पुर्याएका छन् ।