भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा

भारत- भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गरेका छन् । दुई देशका बीचमा सहकार्य र सम्बन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्धेश्य रहेको भारतीय सेनाले जनाएको छ ।
'भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो,' सेनाको आधिकारीक ट्वीटर हेन्डलमा लेखिएको छ । भारतका विदेश मन्त्री एस जयशंकर र रक्षा सचिव अजय कुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गर्न लागेका हुन् ।
रणनीतिक हिसावले महत्व राख्ने दुई देशका सेनाको सम्वन्ध विस्तारका लागि सुरु भएको उहाँको पाँच दिने भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । (एएनआई)

अवैध १५ करोड ‘नोट काण्ड’ मा मुछिएका दिल्ली अदालतका न्यायधिसमाथी भयो कारबाही

भारतमा एक नेपालीको मृत्यु

‘सांस्कृतिक सेतु’ बन्दै कोलकाताका नेपाली भाषी

नेपाली मुलका एलेक्स कार्की अष्ट्रेलियाको सत्तारुढ दलबाट सांसद पदका उम्मेदवार

इजरायलमा पनि मनाइयो २८ औं आदिवासी दिवस

चीनले जितेको त्यो वार्ता

माओ र देङ सियाओपिङकै हैसियतमा चीनका राष्ट्रपति सी

प्रतिक्रिया