‘सत्यम्’बाट बाहिरिने मलिका बहाना : पल कि पढाइ ?

काठमाडौँ - घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘सत्यम्’ अहिले हिरोइन इन आउटको शृंखलाले चर्चामा आएको छ । सुटिङको मुखमा मलिका महतले यो फिल्म छाडेपछि निर्माण टिमले उनको ठाउँमा उपासना सिंह ठकुरीलाई लिएको छ ।
मलिका फाइनल हुनुअघि निर्माण टिमले यो फिल्ममा उपासनालाई नै लिन चाहेको थियो तर कुरा मिलेको थिएन । मलिकाले छाडेपछि भने निर्माण टिमले उनलाई पल शाहको जोडीको रुपमा अभिनय गर्न मनाइछाडेको छ ।
निर्माण टिमले आइतबार जारी गरेको समाचारमा मलिकाको पढाइ र फिल्मको सेड्युल नमिलेको उनले फिल्म नखेल्ने निर्णय गरेको जनाइएको छ । तर इकागज स्रोतले पढाइभन्दा पनि पल शाहको बारेमा बजारमा चलेको हल्लाले मलिका ‘सत्यम्’ छोड्न प्रेरित भएको बताएको छ । दसैँपछि पोखरामा भएको वर्कसपमा मलिका पनि थिइन् । तर यो वर्कसपकै बीचमा मलिकाले फिल्म छाड्ने निर्णय गरेको स्रोत बताउँछ ।
‘पटकथामा पनि मलिकाको फरक धारणा थियो त्योबाहेक पल शाहका बारेमा अनेक हल्ला चलिरहेको समयमा काम गरिरहँदा आफ्नो इमेजलाई पनि असर गर्ने हो कि भन्ने चिन्ता मलिकालाई थियो । यही दुई कारणले नै हो उहाँले फिल्म छाडेको ,’ इकागज स्रोतले बतायो । तर निर्माण टिमले यो कुरा तत्काल बाहिर नभनिदिन मलिकालाई आग्रह गरेको थियो । अहिले निर्माण टिमले उनको ठाउँमा उपासनालाई फाइनल गरेपछि मात्र मलिकाले फिल्म छाडेको कुरा निर्माण टिमले सार्वजनिक गरेको हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया