साँस्कृतिक सम्पदा देशका पहिचान हुन्ः मन्त्री भुसाल
काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले साँस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताएकी छन् ।
सोमबार ललितपुरस्थित बालकुमारी मन्दिर पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री भुसालले साँस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताएकी हुन् । उनले यही वर्षमा ललितपुरको खोकनामा रुद्रायणीको मन्दिर निर्माण गर्ने बताइन् । मन्त्री भुसालले साँस्कृतिक सम्पदाहरुको पुनःनिर्माणको लागि स्थानीय, प्रदेश र संघीय सरकारले पूर्ण सहयोग गर्ने बताए ।
मन्त्री भुसालले भने, ‘भूगोल र जनता मात्रै देश हुँदैन, आफ्नो पहिचान भएको हुन्छ । पहिचान भनेको संस्कृति हो, ललितपुर कला, संस्कृति, सम्पदाले अत्यन्तै भरिपूर्ण छ, गत भूकम्पले हाम्रा धेरै सम्पदाहरु ध्वस्त भएका थिए, यसको पुनर्निर्माणको प्रक्रियामा धेरै हामीले मंगलबजार दरबार स्क्वाएरमा भीमसेन, कृष्णमन्दिर लगायतका धेरै पुनः संरचना भए, बुङमति, रातो मच्छिन्द्रनाथको पुनः निर्माण हुँदैछ, यही वर्ष नै खोकनामा रुद्रायणीको पुनर्निर्माण हुँदैछ, यसले हाम्रो आफ्नो संस्कृति सम्पदालाई भावी सन्ततिलाई हस्तान्तरण गर्ने प्रक्रिया पनि हो, यो पुनर्निर्माण हुने प्रक्रियाले सयौँ, सयौँ वर्षसम्म रहनेछ, यसको झन्डै ४ करोड रुपैयाँ बजेट लागत छ, भक्तालु, श्रद्धालु र सम्पदा प्रेमीहरुको सम्पन्न हुनेछ, यो ललितपुरवासी र नेपालीहरुको लागि नै गर्वको विषय हो, प्रदेश र संघीय सरकारबाट पनि सहयोग गर्नेछौँ ।’
मन्त्री भुसालले कला, संस्कृति राष्ट्रको पहिचान मात्रै नभएर पर्यटकीय स्थल बन्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

प्रतिक्रिया