लगानी नउठ्ने डरले आन्ध्र प्रदेशमा टिकट मूल्य बढाउन बल गर्दै ‘आरआरआर’

मुम्बई -‘बाहुबली’ निर्देशक एस एस राजामौलीले निर्देशन गरेको नयाँ फिल्म ‘आरआरआर’ले आफ्नो लगानी नउठ्ने आशंका गर्दै आन्ध्र प्रदेशमा टिकटदर बढाउने पहल थालेको छ । भारतका बाँकी राज्यको तुलनामा आन्ध्र प्रदेशमा टिकट मूल्य कम रहेकाले ‘आरआरआर’ निर्माताले आन्ध्र प्रदेशमा यो फिल्मका लागि टिकटदर बढाउने अभियान थालेका हुन् ।
यसअघि उनीहरुले यसका लागि अदालतमा मुद्दा हाल्ने तयारी गरिरहेको समाचार आएको भए पनि अहिले भने अदालत नगई टिकट मूल्य बढाउन मुख्यमन्त्रीसँग आग्रह गर्ने निर्णय गरेको समाचार आएका छन् । सरकारले केही समयअघि नै ५० प्रतिशत अकुपेन्सीसहित हल खोल्ने निर्णय गर्दा प्रदर्शकले टिकक मूल्य असाध्यै कम भएकाले बढाउन आग्रह गरेको थियो ।
तर सरकारले प्रदर्शको यो मागमा खासै चासो दिएको थिएन । ‘आरआरआर’ निर्माताले अहिले यही माग उठाएका हुन् । आन्ध्र प्रदेश तेलगु सिनेमाको मुख्य बजार हो । तर बाँकी राज्यको तुलनामा यहाँ सिनेमाघरको टिकट मूल्य कम रहेको निर्माता तथा प्रदर्शकको गुनासो रहँदै आएको छ । यहाँ दर्शकले १० रुपैँयादेखि २ सय ५० रुपैँयासम्ममा फिल्म हेर्न पाउँछन् ।
मल्टिप्लेक्समा प्रिमियम टिकटदर २ सय ५० रहेको छ भने डिलक्समा १ सय ५० । इकोनोमी क्लासमा भने दर्शकले ७५ रुपैँयासम्ममा फिल्म हेर्न पाउँछन् । उता नगर पञ्चायतमा भने सबैभन्दा महंगो टिकटको मूल्य नै ३५ रुपैँया छ । नगर पञ्चायतमा बनेका हलले डिलक्समा २५ रुपैँया र इकोनमीमा १५ रुपैँयामा फिल्म देखाउनुपर्ने प्रावधान छ ।
यसैगरी गाउँ पञ्चायतमा बनेका एसी जडित हलले प्रिमियममा २० रुपैँया डिलक्समा १५ र इकोनोमीमा १० रुपैँया लिन पाउँछन् । एसी नभएका हलले भने १५,१० र ५ मा फिल्म देखाउँछन् । ‘आरआरआर’ निर्माताले भने मल्टिप्लेक्समा ५ सय रुपैँया लिन पाउने माग राखेका हुन् । उनीहरुले कम्तीमा पहिलो हप्ता यत्तिको टिकट कायम गर्न मुख्यमन्त्रीसँग आग्रह गर्न लागेका हुन् ।
‘आरआरआर’ लाई अहिलेसम्मको भारतकै महंगो फिल्म मानिएको छ । यो फिल्मको लगानी ४ सय ५० करोड भारु मानिएको छ । तेलगुमा बनेको यो फिल्म तमिल, हिन्दी र मलयालम भाषामा पनि प्रदर्शन हुँदैछ । फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगन, आलिया भट् आदि कलाकारको अभिनय रहेको छ । फिल्म जनवरी ७ मा रिलिज हुँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया