बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

सेयर बजार सुधारोन्मुख

काठमाडौँ- सोमबार सेयर बजारमा सुधार देखिएको छ । गत साताबाट घट्न थालेको नेप्से परिसुचक आजको कारोबारमा भने सुधार देखिएको हो । आज सेयर बजार परिसूचक २६.४४ अंकले बढेको छ । सोमबार बजार बन्द हुँदा नेप्से २७१५.३५ अंकमा पुगेको छ । आज सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९८ प्रतिशतले बढेको हो ।

नेप्सेमा कारोबार भएकामध्ये १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको सेयर मूल्य घटेको छ । 

आज २२८ कम्पनीका ४ अर्ब ७३ करोड रुपैयाँ मूल्यका ८६ लाख ३६ हजार ६ सय ३६ कित्ता सेयर  सेयर ५९ हजार ३ सय १६ पटकमा किनबेच भएको छ। आज बोटलर्स नेपाल र मानुसी लघुवित्तको सेयरमा सर्किट ब्रेकर लागेको छ । आजको कारोबारमा अधिकांश समुहको सेयर मूल्य बढेको छ ।