आदित्यसँगको झगडाका कारण ‘बन्टी और बब्ली २’मा अटाएनन् अभिषेक

मुम्बई - ‘बन्टी और बब्ली २’को प्रचार प्रसार सुरु भएसँगै धेरैको मनमा थियो ,‘अभिषेक बच्चन किन यो फिल्ममा छैनन् ?’ किनकि दोस्रो भागको कथा पहिलो भागकै निरन्तरताको रुपमा प्रस्तुत भएको ट्रेलरले देखाउँछ ।
उनलाई प्रतिस्थापन गरेका सैफअली खानले अभिेषककै चरित्रलाई निरन्तरता दिएका छन् । यस्तो हुँदा अभिषेक किन अटाएनन् भन्ने दर्शकको मनमा प्रश्न उठ्नु स्वाभाविकै हो । तर ताजा समाचारअनुसार अभिषेक यो फिल्ममा नअटाउनमा अभिषेक र आदित्य चोपडाबीचको झगडा मुख्य कारण रहेको थियो ।
ऋभिषेक बच्चन ‘धूम’ सिरिजबाट यशराज फिल्मको हिस्सा बन्दै आइरहेका थिए । यही सम्बन्धका आधारमा उनले ‘बन्टी और बब्ली ’ र ‘झुम बराबर झुम’आदि फिल्ममा काम गरेका थिए । तर ‘धूम ३’को क्लाइमेक्सलाई लिएर अभिषेक र आदित्य भिडेपछि अभिषेकले आइन्दा यशराजको फिल्म नगर्ने घोषणा गरेका थिए ।
उसबेला नै आएको समाचारअनुसार ‘धूम ३’मा यशराज फिल्मले आमिर खानको भूमिकालाई मात्र महत्व दिएर अभिषेकको दृश्य काटिदिएका थिए । अझ क्लाइमेक्सको दृश्य अभिषेकलाई दिएभन्दा भिन्दै सुटिङ गरेपछि अभिषेकले आदित्यलाई गुनासो गरेका थिए तर निर्देशक विजयकृष्ण आचार्यले सुनेको नसुनै गरेपछि अभिषेक आदित्यसँग पनि रिसाएका थिए र यशराजको फिल्म नगर्ने बताएका थिए । यही कारण पछि यशराजले ‘बन्टी और बब्ली २’ बनाउँदा अभिषेकलाई नलिएर उनको ठाउँमा सैफअली खानलाई लिएको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया