न्यायाधीश, नेपाल बार र सर्वाेच्च बारको बैठक पाँच न्यायाधीशद्वारा बहिष्कार

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आन्दोलनरत न्यायाधीशहरुलाई वार्तामा आउन आग्रह गरेपछि न्यायाधीशहरूले नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग छलफल गरे । तर, उक्त छलफल सर्वोच्चका पाँच न्यायाधीशले नै बहिष्कार गरेका छन् ।
न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार चुडाल, कुमार रेग्मी, मनोज शर्माले न्यायाधीश, नेपाल बार र सर्वाेच्च बारबीचको बैठक बहिष्कार गरेका हुन् । योसँगै आन्दोलनरत न्यायाधीशहरूबीच पनि फुट देखिएको छ । न्यायाधीशहरूको बहिष्कारपछि आजको बैठक निष्कर्ष विहीन टुंगिएको छ । बैठक भोलि पनि बस्ने छ । प्रधानन्यायाधीशले संवादका लागि आफू तयार रहेको भन्दै विज्ञप्ति जारी गरेपछि नेपाल बारले भने भ्रष्ट प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने बताएको छ ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् । बारले भने धर्ना र प्रदर्शन गर्दै आइरहेको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया