सरकारले तोक्योः इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अस्पताल

काठमाडौँ- सरकारले ईजरायल जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चार वटा स्वास्थ्य संस्थाको छनौट गरेको छ । स्टार अस्पताल ललितपुर, ह्याम्स अस्पताल धुम्बाराही काठमाडौँ, नेपाल मेडिसीटी अस्पताल भैसेपाटी ललितपुर र मनमोहन मेमोरियल मेडिकल कलेज स्वयम्भू काठमाडौँमा इजरायल जाने कामदारले स्वास्थ्य परीक्षण गर्नुपर्नेछ ।
कात्तिक २९ गतेदेखि मङ्सिर ५ गतेसम्म परीक्षण गर्नुपर्नेछ । पहिलो चरणमा पाँच सय जनाको परीक्षण गर्न लागेको वैदेशिक रोजगार विभागले जनाएको छ । ३५० महिला र १५० जना पुरुषको स्वास्थ्य परीक्षण गर्न लागेको हो । नतिजा प्रकाशन सिरियल नम्बर १ देखि ३५० सम्म महिला र १ देखि १५० सिरियलको १५० जनाको स्वास्थ्य परीक्षण गर्नुपर्ने छ ।
स्वास्थ्य परीक्षणको प्रमाणपत्र सम्बन्धित अस्पतालले विभागलाई उपलब्ध गराउने छ । प्रहरीको चारित्रिक प्रमाणपत्र उम्मेदवार स्वयंले विभागको [email protected] इमेल मङ्सिर ५ गतेसम्म पेश गरिसक्नुपर्नेछ ।

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

प्रतिक्रिया