सुरुङमार्ग निर्माण र विद्युतीय सवारी खरिद प्रक्रिया रोक्ने निर्णय राष्ट्रघातीः डोरमणि पौडेल

हेटौंडा- बागमती प्रदेशको पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले विकास विरोधी निर्णयले देशलाई माया गर्ने नेपाली नागरिकहरुलाई प्रहार गरेको बताएका छन् ।
बागमती प्रदेशको गठबन्धनको सरकारले सुरुङमार्ग निर्माण कार्य र विद्युतीय बस खरिद प्रक्रिया रोक्न निर्देशन दिएको खबरले अत्यन्तै मर्माहित र आक्रान्त बनाएको भन्दै पूर्व मुख्यमन्त्री पौडेलले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेका छन् ।
सुरुङमार्ग निर्माण पश्चात नागरिकको स्याबासी एमाले सरकारले पाउने र देश एमालेमय बन्न्ने त्रास तथा विदेशी व्यापारीबाट आउने कमिसनको आस मिसिएको राष्ट्रविरोधी निर्णयको तीव्र र सशक्त विरोध जनाउन नागरिकसँग पौडेलले अपिल गरेका छन् ।
‘प्रदेशको गौरवको आयोजना सुरुङमार्ग, विद्युतीय बस खरिद प्रक्रिया रोक्नु राजनीतिक बेइमानी मात्र नभएर राष्ट्रप्रतिको गद्दार पनि हो । देशको राजधानी जोड्ने हरेक मार्गहरु घुमाउरा बनाउनुपर्ने, सिधा र द्रुतमार्गहरु बनाउनै नहुने स्वार्थ बोकेको विदेशी व्यापारीहरुको दास बनेर देशलाई गरीब बनाइराख्ने सोच र व्यवहारबाट निर्देशित यस्ता राष्ट्रघाती निर्णय सच्याउन र अघिल्लो सरकारले सुरु गरेको दीर्घकालीन रुपमा देशलाई फाइदा हुने कामहरु प्राथमिकतासहित सम्पन्न गर्न जोडदार माग गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया