एकताबद्ध भएर अघि बढ्न कार्यकर्तालाई दाहाल नेकपाको आव्हान

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले पार्टीको केन्द्रीय समिति बैठकले विभिन्न निर्णय गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार बैठक बसेको थियो । ।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको ठहर गर्दै बैठकले पार्टी अन्तरिम विधानानुसार अनुशासनको कारबाही गरी उनलाई अध्यक्षको जिम्मेवारीबाट मुक्त गरेर माधवकुमार नेपाललाई चयन गरेको छ ।
त्यसैगरी बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीका रिक्त सदस्यमा मनोनयन गर्ने कमिटीकै प्रस्तावलाई सर्वमम्मतिले अनुमोदन गरेको छ । बैठकले पार्टीका कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीलाई यसअघि गरिएको अनुशासनको कारबाहीबाट फुकुवा गरी पूर्ववत् जिम्मेवारी दिने निर्णय पनि गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले फुटवादी क्रियाकलापका विरुद्ध तथा पार्टी एकताका पक्षमा अपिल गर्दै विभिन्न प्रस्तावसमेत पारित गरेको छ । सबै नेताकार्यकर्तालाई एकीकृत पार्टीका पक्षमा एकताबद्ध भएर अघि बढ्न बैठकले अपिल गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकले प्रधानमन्त्री ओलीको सिफारिशअनुसार राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको विघटनको घोषणालाई अस्वीकार गर्ने निर्णय गरेको छ । बैठकले अविलम्ब संसद् बैठक आह्वान गर्न र संसद्को नियमित कार्य सञ्चालन गर्न पनि माग गरेको छ । केन्द्रीय कमिटीको अर्को बैठक बिहीबार बिहान ११:३० बजे कार्की ब्याङ्क्वेटमै बस्नेछ । बैठकमा नेकपाका कुल ४४१ केन्द्रीय सदस्यमध्ये ३१५ को उपस्थिति रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

प्रतिक्रिया