वायुसेवा निगमका महाप्रबन्धक मन्त्रालय तानिए
काठमाडौँ - नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का महाप्रबन्धक डिमप्रसाद पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तानिएका छ । महाप्रबन्धक पौडेललाई विज्ञका रूपमा मन्त्रालयमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ । पर्यटनमन्त्री स्तरको निर्णयबाट महाप्रबन्धक पौडेललाई मन्त्रालय तानिएको हो ।
महाप्रबन्धक पौडेलले मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्ने बताए । सरकारले यही कात्तिक ८ मा निगमको कार्यकारी अध्यक्ष पदमा युवराज अधिकारीलाई नियुक्त गरेको थियो । अधिकारीको नियुक्तिपछि पौडेल अधिकारविहीन बनेका थिए ।
महाप्रबन्धक पौडेलले निगमलाई कम्पनी मोडलमा रूपान्तरण गर्ने प्रक्रिया सुरु गरेपछि निगमभित्रका कर्मचारीले १०४ दिनसम्म आन्दोलन गरी उनलाई कार्यालय प्रवेश गर्न दिएका थिएनन् ।

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

प्रतिक्रिया