घरबाटै प्रधानन्यायाधीशले तोके १० इजलासमा २७९ मुद्दाको पेसी

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार घरबाट १० इजलास गठन गरेका छन् । सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण प्रधानन्यायाधीश जबराले आफ्नै सरकारी निवासबाट १० इजलास गठन गरेका हुन् ।
उनले १० इजलासमा २७९ मुद्दाको पेसी तोकेका छन् । जबराको राजीनामा मागेर बार निरन्तर आन्दोलनमा छ । जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी भएको बारको धर्नालाई छलेर प्रधानन्यायाधीश आइतबार र सोमबार कार्यालय प्रवेश गरेका थिए ।
कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर बार र सहकर्मी न्यायाधीश आन्दोलनमा उत्रिएका हुन् । सोमबार प्रधानन्यायाधीश जबराले संवाद र वार्तामार्फत समाधान खोज्न गरेको आव्हानलाई बारले अस्वीकार गरेको छ ।
उसले जबरासँग वार्ता नगर्ने बताएको छ ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया