फिजीमा लडे चिनियाँ र ताइवानी

फिजीमा चिनियाँ र ताइवानी प्रतिनिधिमण्डलका सदस्यहरु एकआपसमा भिडेको खबर विदेशी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । दुई मुलुकबीच सम्बन्ध बिग्रिरहेका बेला प्रशान्त महासागरको दक्षिणी तटमा रहेको फिजीमा कूटनीतिज्ञहरु भिडेका हुन् । रोयटर्सका अनुसार उनीहरुको टाउकोमा चोट लागी अस्पताल भर्ना गरिएको छ ।
गत ८ अक्टोबरमा ताइवानको राष्ट्रिय दिवस मनाउन फिजीको राजधानी सुभस्थित ग्रान्ड प्यासिफक होटलमा एक कार्यक्रम आयोजना गरिएको थियो । त्यहाँ चिनियाँ दूतावासका दुई कर्मचारी जर्बजस्ती प्रवेश गरी उपस्थित पाहुनाको फोटो र भिडियो खिच्न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो । हात हालाहालसम्म पुगेको बेलायती अखबार गार्डियनमा उल्लेख छ । सो कार्यक्रममा फिजीका दुई मन्त्रीदेखि विभिन्न मुलुकका कुटनीतिज्ञ, अन्तराष्ट्रिय सघंसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको जनाइएको छ ।
ती दुई चिनियाँ अधिकारीहरुलाई कार्यक्रमस्थल छाड्न अनुरोध गरिएको तर नमानेको दाबी गार्डियनले गरेको छ । त्यसपछि ती दुई चिनियाँ र ताइवानी अधिकारीबीच होटल बाहिर झगडा सुरु भएको र दुबै पक्षका घाइते भएका थिए ।
होटलमा प्रहरी आइपुगेको तर चिनियाँहरुले आफूहरु कुटनीतिज्ञ रहेको जनाएपछि पक्राउ नगरिएको बताइएको छ । सुभस्थित चिनियाँ राजदुतावासले विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीमाथि लागेको आरोप निराधार रहेको बताएको छ । सोही वक्तव्यमार्फत् उसले आफ्नो कामको सिलसिलामा सार्वजनिक स्थानमा हिंडिरहेका आफ्ना कर्मचारीमाथि ताइवानी दूतावासका कर्मचारीहरुले एक्कासि आक्रमण गरेको दाबी गरेको छ । चिनियाँ राजदुतावासले ताइवानलाई राष्ट्रिय दिवस मनाउन दिएर फिजीले एक चीन नीतिको उल्लघंन गरेकोसमेत बतायो ।
ताइवानको फिजीमा ‘टेड्र अफिस’ रहेको छ, जुन दूतावास सरह हो । गार्डियनले स्रोतको उद्धृत गर्दै ताइवानले फिजीको विदेश मन्त्रालयलाई चिनियाँ कार्यको विरोध गर्दै पत्र लेखेको जनाएको छ । यता फिजी प्रहरीका अनुसार चिनियाँ दूतावासले ताइवानी अधिकारीहरुविरुध्द उजुरी दर्ता गरेको छ ।
सोमबारको ताइवानी संसदमा बोल्दै उपविदेश मन्त्री सेङ हो जेनले फिजीस्थित आफ्नो प्रतिनिधि कार्यलयबाट दुई चिनियाँहरू कार्यक्रममा घुसपैठ गर्न खोजेको रिपोर्ट आएको बताएका थिए ।
एक चीन नीतिमा प्रतिवध्द रहेको भनिएको फिजीका मन्त्रीहरू नै ताइवानी कार्यक्रममा उपस्थित हुनुलाई नयाँ विकसित घटनाका रुपमा लिइएको छ । सन् २०१९ सम्म फिजीको ताइवानसँग औपचारिक सम्बन्ध रहेको थियो । फिजीसँगै सोलोमन आइल्यान्डस, किरिबाटीले ताइवानसँग औपचारिक सम्बन्ध तोड्दै चीनतर्फ ढल्केका थिए । प्रशान्त महासागरका अन्य टापु मुलुकहरु नाउरु, पलाउ, मार्शल आइल्यान्डस र टुभालु लगायतका मुलुकहरु भने ताइवानकै साथमा छन् ।
चीनले फिजीमा पछिल्लो पाँच वर्षमा एक अर्ब डलरभन्दा धेरै लगानी गरेको परिप्रेक्ष्यमा सो देशका क्याबिनेट मन्त्रीहरु नै ताइवानी कार्यक्रममा उपस्थित हुनु नौलो घटना हो ।
दि गार्डियन र रोयर्टसको सहयोगमा

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_aJFOeJNErR_24eph9yfahrif2ljrckrpu4homorygxpefrsvfrce4rdcz8jwd0ypra00nvc.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया