यस्तो रह्यो मिस नेपाल इशानी श्रेष्ठ र उद्यमी तरुणको टीकाटालो (फोटो फिचर)

काठमाडौँ - दुई वर्षदेखिको प्रेम सम्बन्धलाई औपचारिकता दिँदै मिस नेपाल इशानी श्रेष्ठले प्रेमी तरुणप्रताप साहसँग टीकाटालो गरेकी छिन् । सोमबार साँझ सोल्टीमोडस्थित होटल ह्यात प्यालेसमा दुवैको टीकाटालो अर्थात् तिलकोत्सव समारोह सम्पन्न भएको थियो ।
टीकाटालोमा दुलहा दुलही दुवै तर्फबाट नजिकका आफन्त मात्र समारोहमा सरिक थिए । टीकाटालो गर्नु अघि दुवै पूजामा सहभागी भएका थिए । रमाइलो माहोलमा सम्पन्न टीकाटालोमा लाइभ म्युजिकको पनि व्यवस्था रहेको थियो । सोमबार ठूली एकादशी भएकाले खानामा मासुको परिकार थिएन तर भोजमा तीन दर्जनभन्दा बढी परिकार राखिएका थिए ।
तरुण व्यापारी तथा मिडिया उद्यमी विश्वनाथ प्रसाद साहका छोरा हुन् । शाह परिवार खाद्यान्न तथा दैनिक उपभोग्य सामाग्री नेपालमा निर्यात गर्नमा अग्रणी कम्पनी मानिन्छ । उनको कम्पनीले ८० भन्दा बढी खानपिनका सामान नेपाल भित्र्याउने गरेको छ । तरुण आफूलाई भने शिक्षाविद्को रुपमा चिनाउन रुचाउँछन् । उनले सेफर्ड,कलेज ट्रिटन कलेज, शुभश्री कलेज आदि कलेज चलाउँछन् । तरुण साथीभाइ माझ भद्र र शालीन व्यक्तिको रुपमा चिनिन्छन् ।
साह परिवारको लगानीमा जनकपुरमा ५ तारे होटल बनिरहेको छ । काठमाडौंमा भने पहिलेदेखि नै एउटा होटल सञ्चालनमा रहेको छ। सन् २०१३ मा मिस नेपाल बनेकी इशानीले बालीमा भएको मिस वल्र्डमा सहभागिता जनाएकी थिइन् । इशानीले मिस वल्र्ड टप टेनमा पुग्ने पहिलो महिलाको रकेर्ड राख्दै पहिलो पल्ट ‘ब्युटी विद प्रपोज’को पुरस्कार पनि जितेकी थिइन् । मंसिरको तेस्रो साता दुवैले लगनगाँठो गाँस्ने कार्यक्रम रहेको छ ।

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

मिस नेपाल २०२४ कै लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट

प्रतिक्रिया