उषाकला राईले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

खोटाङ- एमाले नेतृ उषाकला राईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । प्रदेश १ की पूर्वसामाजिक विकास मन्त्री राईले मंगलबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा एमालेको केन्द्रीय कमिटी सदस्यमा उठ्ने घोषणा गरेकी हुन् ।
राईले १० देखि १२ मंसिरसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा उठ्ने जानकारी दिएकी हुन् । जिल्लाका अन्य आकांक्षीले भने हालसम्म उम्मेदवारी घोषणा गरेका छैनन् । केन्द्रीय कमिटी सदस्यको उम्मेदवारीका विषयमा जिल्लाका नेतारूबीचमा थप छलफल गर्ने उनले बताएकी छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी नेतृ राई कोदोको लोकल रक्सीलाई व्याण्ड होईन ब्राण्ड बनाइनु पर्ने ‘व्याण्ड भर्सेस ब्राण्ड’का अभियानकर्ता हुन् । खोटाङबाट पहिलो महिला मन्त्रीको इतिहास रचेकी उषाकला २०६४ सालमा पनि संविधानसभा सदस्य बनेकी थिइन् । एमालेको राष्ट्रिय अधिवेशनमा खोटाङका १४ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया