विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन् । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को १९ र २० औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताए । उनले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरुलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताएका हुन् ।
प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरुको प्रयोगगरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिए । उनले ऊर्जा उत्पादकहरुले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे । ‘हामीले किन यो ग्याँसको चुल्हो बाल्ने ? हामीसँग यति विद्युत छ कि हामी व्याट्रीबाट गाडी चलाउन सक्छौँ । बस चलाउन सक्दछौँ । हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुन सक्दछ । हामी नेपालभरी नै बिस्तार बिस्तार यता जानुपर्छ जस्तो लाग्छ मलाइ । त्यस्ता जो उद्यमी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ त्यस्तालाई इन्सेन्टीभ दिन तयार छौँ' उनले भने ।
'काठमाडौँमा कमसेकम व्याट्रीबाट गाडीहरु सञ्चालन गरौँ । घरमा खाना पकाउने इलेक्ट्रिक चुल्हो बनाउ । भोली तराइ, मधेश सबै ठाउँमा इलेक्ट्रिक बस चलाउन सक्यौँ भने नेपाल नमुना बन्न सक्दछ । उद्योगपतिहरुलाई के भन्न चाहान्छु भने, तपाईहरु सुरु गर्नुस् । सरकारले इन्सेन्टीभ दिन्छ' उनले भने 'अघि हाम्रो मन्त्रीजीले भन्नुभयो खल्तीमा लाइसेन्स लिएको छ, काम गर्दैनन् । त्यो पनि भएन नि । काम पनि गर्नुपर्यो । तपाईहरुलाई हामी सारा सहुलियत दिन तयार छौँ । तपाईहरु व्याट्रीमा जानुस् । नेपाललाई नमुना देश बनाउन सक्यौँ भने हामीले लिडिङ रोल लिन सक्छौँ ।’
कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताइन् । निजी क्षेत्रलाई विद्युत व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउनको निम्ति उनले आग्रह गरिन् । ‘अहिले नेपाल विद्युत प्राधिकरणले मात्र गरिरहेको विद्युत व्यापार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुराहरु उठिरहेको छ । यस सम्बन्धमा मैले अस्तीमात्र इपानका प्रतिनिधिहरुसँगको भेटमा भनेको थिएँ, विद्यमान ऐन, कानुनमा यस सम्बन्धमा केही प्रावधानहरु नभएको भएपनि यदी निजी क्षेत्रले हामी यो परिमाणको विद्युत यसरी विक्री गर्न सक्छौँ भन्ने आधारसहित आएमा संस्थागत आउनुस् अथवा व्यक्तिगत आउनुहुन्छ भनेपनि हामी अनुमति दिन तयार छौँ' उनले भनिन् ।
मन्त्री भुसालले नेपालमा विद्युत उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत खेर गइरहेको बताइन् । विद्युत खेरजाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति बेहोर्नुपरेको उनको भनाई छ ।

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

प्रतिक्रिया