सेयर बजारमा हरियाली

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार हरियाली छाएको छ । मंगलबार नेप्से परिसुचक ६९.२२ अंकले बढेर २७८४.५७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्ड्रेक्स १४.९२ अंकले बढेर ५२१.४६ बिन्दुमा पुगेको छ ।
आज २२७ कम्पनीका सेयर ६९ हजार २०० पटक कारोबार भएको छ । १ करोड ९३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५२ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबै उपसमूहहरु हरिया भएका छन् । लाइफ इन्स्योरेन्स उपसमूह २०७०.६१ अंकले बढेको छ ।
नेपाल बंगलादेश बैंक, नेपाल दुरसञ्चार कम्पनी, महालक्ष्मी विकास बैंक, पञ्चकन्या माई हाइड्रो पावर, अप्पर तामाकोशी र मैलुङ खोला जलविद्युतको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ ।

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

प्रतिक्रिया