देशभर थपिए ३७७, चार संक्रमितको मृत्यु

काठमाडौँ- देशभर थप ३७७ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार १४९ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ३३९ र एन्टीजेन्ट विधिबाट ३८ जनामा कोभिड पुष्टि भएको छ ।
२४ घण्टामा १ सय ७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९८ हजार ७ सय १४ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी ४ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ४८२ जनाको मृत्यु भइसकेको छ ।
आईसीयूमा २१९ र भेन्टीलेटरमा ५९ जना उपचाररत छन् । होम आईसोलेशनमा ६ हजार ९ सय ८४ , संस्थागत आईसोलेशनमा ४ सय ९२ र क्वारेन्टाइनमा ९८ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया