ओलीलाई कारबाही र आधिकारिक भएको प्रमाण बोकेर दाहाल समूह निर्वाचन आयोग जाँदै

काठमाडौं : नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा बुझाउँदै छ । ओलीलाई कारबाही गरेको र आफुहरु नै आधिकारिक नेकपा भएको पत्र साढे १२ बजे निर्वाचन आयोगमा बुझाउने कार्यक्रम रहेको छ ।
आयोगका अनुसार उनीहरुले साढे १२ बजे पत्र लिएर आउने जानकारी गराएका छन् । दाहाल निकट एक नेताका अनुसार सो पत्रमा ओलीलाई अनुशासनको कारबाही गरेर अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको उल्लेख छ । त्यस्तै आफुहरु नै आधिकारिक नेकपा भएको प्रमाण पनि लिएर जाँदैछन् ।
त्यस्तै ओली समूहले मंगलबार नै पार्टी केन्द्रीय समिति बिस्तारसम्बन्धी पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ । ओली समूहको सो पत्रमा केन्द्रीय समिति बिस्तार भएको उल्लेख छ र सँगै विस्तारित केन्द्रीय समितिमा रहेका सदस्यहरुको सूची पनि संलग्न छ । त्यो पत्रमा पार्टी अध्यक्ष ओलीको हस्ताक्षर छ । मंगलबार बालुवाटारमा बसेको बैठकले ५५६ नयाँ सदस्य थप गरेको थियो । ओलीले साबिकको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय घोषणा गरेका थिए । जसमा १९७ जनापछि थप गर्ने बताइएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया