शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

सुनको भाउ घट्‍यो

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले घटेको छ । छापावाला सुन मंगलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो । प्रतितोला रु ९०० ले आज घटेर रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज भने प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ । यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको छ ।