नागढुंगा सुरुङमार्ग खन्ने काम सुरु

काठमाडौं : काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोडने सुरुङमार्गको निर्माण कार्य सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेको १४ महिनापछि सुरुङ खन्ने काम सुरु भएको हो । सन २०२२ को अन्तिम सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने यो सुरुङमार्ग कोभिडका कारण प्रभावित भएपछि सुरुङ खन्ने काम ढिलो गरी शुरु भएको हो ।
प्रधानमन्त्री ओलीले शिलान्याश गरेको १४ महिनापछि काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोडने सुरुङमार्ग खन्ने कार्य मंगलबारदेखि सुुरु भएको छ । २ दशमलव ६८ किलोमिटर लम्बाई रहेको यो सुरुङमार्ग सन २०२२ को अन्त्य सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
गत वर्षको कात्तिक ४ गते प्रधानमन्त्री ओलीले शिलान्यास गरे पनि मुआब्जा विवाद, विष्फोटक पदार्थको आयातमा भएको ढिलाइ र कोभिडका कारण निर्माण उपकरण आयातमा भएको ढिलाइका कारण १४ महिना ढिलोगरी निर्माण कार्य सुरु भएको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।
यो आयोजना जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब लगानीगरी झण्डै २२ अर्ब लगानीमा निर्माण सम्पन्न हुनेछ । आयोजना स्थलमा सुरुङ खन्नका लागि निर्माणस्थलसम्म पहुँचमार्ग, खोलामा कल्भर्ट बनाउने कार्य पुरा भइसकेको छ । तोकिएको समयभन्दा केही ढिलोगरी काम सुुरु भए पनि समयमै निर्माण कार्य सम्पन्न हुने थापाले बताए ।
जापानको हाज्मा एन्दो कर्पोरेसनले निर्माण कार्यको जिम्मा लिएको छ । ड्रिलिङ एन्ड ब्लास्टिङ प्रविधिबाट सुरुङ खन्ने काम हुनेछ । आयोजनाका अनुसार सुरुङ मार्गको कुल लम्बाई २ दशमलव ६८ किलोमिटर छ भने ३ दशमलव ५ मिटर चौडाई रहेका दुई लेन हुनेछन् । यस्तै अत्यावस्यक रेस्क्युका लागिसमेत छुट्टै एक्सिस रोड पनि निर्माण हुनेछ ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले सुरुङमार्ग निर्माण गर्न २०६९ साल माघ देखि २०७२ सालसम्ममा विभिन्न चरणको सर्वेक्षण गरेको थियो । सोही सर्वेक्षणको आधारमा सुरुङ मार्ग निर्माण कार्य सुुरु भएको छ । सन २०२२ को अन्त्य सम्म निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य भएपनि कोभिडका कारण सुरुङ खन्ने कार्य नै ढिलाइ भएपछि सन २०२३ को मध्य सम्ममा निर्माण सम्पन्न हुने सम्भावना रहेको आयोजनाले बताएको छ ।

राष्ट्र बैंकका निर्देशक भट्टले दिए राजीनामा, गभर्नर बन्दै

सुनको मूल्य ८ सय रूपैयाँले घट्यो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

सुन तोलाको १ लाख ९० हजार नाघ्यो

केएनपी कारखानाको जापानी राजदूतद्वारा अवलोकन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया