प्रदेश १: प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

विराटनगर- प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएको घोषणासँगै सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।
मुख्यमन्त्री राईले पेस गरेको विश्वासको मतको प्रस्तावलाई बुधबारको बैठकले बहुमतले पारित गरेको छ । सभामुख र भण्डारीले मुख्यमन्त्री राईले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत परेको र सो मत बहुमत रहेकाले मुख्यमन्त्री राईले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा गरे ।
उनका अनुसार बैठकमा उपस्थित सांसद संख्या तथा मत विभाजनमा सहभागी ७९ जना रहेका र प्रस्तावको पक्षमा ५० मत परेको र विपक्षमा २९ मत र तटस्थ शून्य मत परेको छ ।
९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेमा ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्च एक र राप्रपा एक सदस्यीय छ ।
५० सदस्यीय विपक्षी गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक मञ्चको समर्थनमा राई मुख्यमन्त्री बनेका हुन् ।
गत १५ कात्तिकमा भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि १६ कात्तिक राईले मुख्यमन्त्रीमा नियुक्त भएर पद तथा गोपनीयताको शपथसहित पदभार ग्रहण गरेका थिए ।

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

प्रतिक्रिया