म्यानचेस्टर युनाइटेडले प्रशिक्षक बन्न प्रस्ताव राखेको थियो: कार्लो एनसिलोट्टी

काठमाडौं : एभरटनका प्रशिक्षक कार्लो एनसिलोट्टीले आफुलाई म्यानचेस्टर युनाइटेड सम्हाल्ने प्रस्ताव आएको तर स्विकार्न नसकेको बताएका छन् । सर एलेक्स फर्गुसनले आफुलाई युनाइटेडको प्रशिक्षक बन्न अनुरोध गरेको तर आफुले रियल म्याड्रिडलाई बचन दिइसकेको भएर इंगल्यान्ड जान नपाएको एनसिलोट्टीको भनाई थियो ।
बुधबार काराबाओ कपको क्वार्टरफाइनलमा एभरटन र युनाइटेड आमनेसामने हुँदैछन् । त्यसैखेलको पूर्वाद्धमा आयोजित पत्रकार सम्मलेनमा एनसिलोट्टीले यस्तो खुलासा गरेका हुन् । ‘भलै मैले फर्गुसनको प्रस्ताव स्विकार गर्न सकिन, उनीसँग मेरो सम्बन्ध भने हार्दिक नै छ । उनले सन्यास लिने निर्णय गर्दा म उनलाई भेट्न पनि गएको थिए,’ एनसिलोट्टीले भने,‘फर्गुसनले मलाई युनाइटेडको प्रशिक्षक बन्न प्रस्ताब राख्दा मैले रियललाई बचन दिइसकेको थिए । त्यसपछि फेरि त्यस्तो मौका आएन ।’
सन् २०१३ मा फुटबल प्रशिक्षण करियरबाट सन्यास लिँदा फर्गुसनले युनाइटेडमा भरपर्दो प्रशिक्षकलाई आफ्नो उत्तराधिकारीका रुपमा चयन गर्न चाहेका थिए । त्यसक्रममा धेरै प्रशिक्षकको नाम चर्चामा थियो । तर अन्तिममा एभरटनका प्रशिक्षक डेभिड मोयसलाई ओल्डटाफोर्डमा भित्र्याइयो । उता एनसिलोट्टी भने रियललाई च्याम्पियन्स लिग जिताएर बार्यन म्यूनिखतर्फ लागेका थिए जहाँ उनले बुन्डेसलिगा र घरेलु कप जित्न सफल भए । बार्यनपछि इटालियन क्लब नेपोली पुगेका एनसिलोट्टी एक वर्षको बसाईपछि एभरटन आइपुगेका हुन् ।
प्रिमियर लिगमा १४ खेलपछि एभरटनको २६ अंक छ भने युनाइटेड समान अंकका साथ गोल भिन्नताका आधारमा तेस्रो स्थानमा छ । यस सिजन एभरटन र युनाइटेड दोस्रो पटक भिड्न लागेका हुन् । गत नोभेम्बरमा गुडिसन पार्कमा सम्पन्न खेलमा युनाइटेडले एभरटनलाई ३-१ ले पराजित गरेको थियो ।

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

नयाँ वरीयतामा पनि नेपाल १७ औं स्थानमा यथावतै, श्रीलंका र वेष्ट इन्डिज खस्के

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

प्रतिक्रिया