एमाले महाधिवेशनमा एकीकृत समाजवादीलाई बोलाइएन
चितवन - एमालेले १० औं राष्ट्रिय महाधिवेशनको व्यवस्थापनसँगै प्रचार प्रसारलाई पनि तीव्रता दिएको छ । महाधिवेशन सुरु हुन अब आठ दिन मात्रै बाँकी छ ।महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनलाई विभिन्न राजनितिक दल, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विदेशी पार्टीका नेतालगायतलाई निमन्त्रणा गरिएको छ ।
नेकपा (एकिकृत समाजवादी) लाई ‘अवैध’ भन्दै आएको एमालेले आफ्नो महाधिवेशनको उद्घाटन सत्रमा नबोलाउने भएको छ । महाधिवेशनको तयारीबारे जानकारी गराउन बुधबार पत्रकार सम्मेलन गरेका एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनमा नेकपा (एस) बाहेक सबै दललाई निमन्त्रणा गरिएको जानकारी दिए ।
‘महाधिवेशनमा बस्ने इच्छा भएको भए त उहाँ सम्मानित नेता भएर बसिहाल्नु हुन्थ्यो नि । एमाले नै छाड्नु हुन्थेन । अर्को पार्टीको आमन्त्रित सदस्य भएर आउनुपर्ने नै थिएन’, उनले भने । महाधिवेशनमा दजनौं विदेशी पार्टीका नेताहरू सहभागी हुने उनले बताए ।
महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणगढस्थित नारायणी नदी किनारमा बुधबारदेखि मञ्च निर्माणको काम सुरु भएको छ । बन्द सत्रमा सहभागीहरूलाई आवास तथा खानपानको व्यवस्था गर्न सौराहामा सञ्चालित होटलका ३५ सय कोठा बुक गरेर सम्झौता पनि भइसकेको छ ।
यसअघि चार हजार कोठा बुक गर्ने भनिएकोमा सम्झौताका बेला ३५ सय वटा कोठा मात्रै बुक गरिएको हो । एमालेको महाधिवेशनको बन्द सत्र सौराहाको होटल सेभेन स्टारमा हुँदै छ । बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणको काम सुरु भइसकेको एमालेको केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।
एमालेको १०औं महाधिवेशनबाट पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउँदै आगामी तीन तहकै चुनावमा बहुमत हासिल गर्ने संकल्प गरिने भट्टराईले बताए । ‘चितवनमा हुने महाधिवेशनबाट एमालेलाई थप एकताद्ध र सदृढ बनाएर फर्किन्छौं । र यहाँबाट फर्किंदा सामूहिक रूपमा यो संकल्प गर्छौं कि आउने स्थानीय चुनाव र प्रदेश र संघको चुनावमा एमालेले बहुमत हासिल गर्ने छ’, उनले भने । एमालेलाई कम्युनिष्ट क्रान्तिकारीहरूको मूल पार्टीका रूपमा स्थापित गर्ने अर्को संकल्प लिइने उनले बताए ।

सरकारले व्यापार होइन, नियमन गर्ने हो : सभापति देउवा

वाइसीएलका पदाधिकारीद्वारा पदभार ग्रहण

नेपाली बिधार्थीको `जेनेटिक पावर´ सशक्त छ: प्रधानमन्त्री ओली
जनताको राष्ट्रिय भावना बुझ्न एमालेका नेताहरूसँग अनुमति लिन आवश्यक छैनः पूर्वर…

जसपा कर्णाली अध्यक्ष न्यौपानेसहित दर्जनौं नेता माओवादीमा प्रवेश

नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि छलफल हुँदै

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

प्रतिक्रिया