विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक रविन्द्रबहादुर श्रेष्ठको निधन

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक रविन्द्रबहादुर श्रेष्ठको ७३ वर्षको उमेरमा निधन भएको छ ।
नेपालको जलविद्युत् क्षेत्रमा ‘टावरिङ पर्सन्यालिटी’ (विशाल व्यक्तित्व) का रुपले चिनिने श्रेष्ठको उपचारका क्रममा अस्ति पुस ६ गते काठमाडौंमा निधन भएको हो ।
जलविद्युत् भन्नेबित्तिकै विदेशीले आएर बनाउनुपर्छ भन्ने मानसिकता कायम रहेका बेला श्रेष्ठले पुवा, चिलिमे र मोदीजस्ता आयोजना आफैले डिजाइन गरी निर्माणको नेतृत्व लिएका थिए । चिलिमेको सफल निर्माणपछि स्वदेशी लगानीमा माथिल्लो तामाकोसी (४५६ मेगावाट) बन्न सम्भव भएको हो ।
स्वदेशमै सस्तो र गुणस्तरीय विद्युत् उत्पादन गर्नुपर्छ र भारतीय विद्युतको जगजगीलाई हटाउनुपर्छ भन्ने धारणा राख्ने श्रेष्ठले जलविद्युतसम्बन्धी विभिन्न लेख, टिप्पणी प्रकाशित गर्दै आएका थिए ।
कोभिड–१९ अघि आफ्नी छोरी डा. आस्मालाई भेट्न गत फेब्रुअरीमा अस्ट्रेलिया पुगेका श्रेष्ठ लकडाउन र अन्तर्राष्ट्रिय उडान ठप्प भएपछि पाँच महिना उतै रोकिएका थिए । दुई महिनाअघि उनी स्वदेश फर्केका थिए ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया