शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

दाहाललाई संसदीय दलको नेता बनाउने दाहाल–नेपाल समूहको निर्णय

फाइल तस्वीर

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल पक्षको बैठकले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरेको छ । बानेश्वरस्थित संसद भवनमा बसेको बैठकले अध्यक्ष दाहाललाई दलको नेता चयन गरेको सांसद झपट रावलले जानकारी दिए ।  यसअघि नेकपाको दलको नेता केपी शर्मा ओली थिए ।

यसअघि मंगलबार बसेको दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।

गत आइतबार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारिस अनुमोदनगरेकी थिइन्। त्यस लगतै नेकपा दुई समूहमा बिभाजित छ ।