परिवार दलको महाधिवेशन मंसिर ४ र ५ मा

काठमाडौँ – नेपाल परिवार दलले पार्टीको महाधिवेशन मंसिर ४ र ५ गते आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दलका नेताले यस्तो जानकारी दिएका हुन् ।
काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा महाधिवेशन आयोजना हुने परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले जानकारी दिए । महाधिवेशनबाट परिवार दलमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्षसहित १ सय १ कार्यसमिति निर्वाचित हुने भएका छन् ।
कोभिड महामारीलाई मध्यनजर राख्दै स्वास्थ्यसम्बन्धी मापदण्ड पालन गरेर भौतिक र अनलाइन दुवै तरिकाबाट महाधिवेशन सम्पन्न गर्ने दलले जनाएको छ । अध्यक्ष ढकालले तेस्रो राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको जानकारी दिए ।

सरकारले व्यापार होइन, नियमन गर्ने हो : सभापति देउवा

वाइसीएलका पदाधिकारीद्वारा पदभार ग्रहण

नेपाली बिधार्थीको `जेनेटिक पावर´ सशक्त छ: प्रधानमन्त्री ओली
जनताको राष्ट्रिय भावना बुझ्न एमालेका नेताहरूसँग अनुमति लिन आवश्यक छैनः पूर्वर…

जसपा कर्णाली अध्यक्ष न्यौपानेसहित दर्जनौं नेता माओवादीमा प्रवेश

नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि छलफल हुँदै

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

प्रतिक्रिया