महिला क्रिकेटः कतारविरुद्ध नेपालको सजिलो जित

काठमाडौँ- टी–ट्वान्टी श्रृंखला खेल्न कतार पुगेको नेपाली महिला क्रिकेट टिमले बुधबार दोस्रो जित हासिल गरेको छ । नेपालले घरेलु टिमलाई ६१ रनले पराजित गरेकाे हाे । दाेस्राे जितसँगै नेपालले श्रृंखलामाथि कब्जा जमाउन सफल भयाे । यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाली टिम ११९ रनले विजयी भएको थियो ।
बुधबार वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । कप्तान रुविना क्षेत्रीको अर्धशतकको सहयोगमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रनको योगफल तयार पार्यो । जवाफी ब्याटिङ गरेको कतार १९.३ ओभरमा ६८ रनमै सीमित भयो ।
नेपालको जितमा रुविनाले ४८ बलमा ५० रन बनाएकी थिइन् । जसमा एक छक्का र चार चौका सम्मिलित थियो । त्यसअघि ओपनर कविता कुवँरले ३१ रन जोडेकी थिइन् । उनकी साझेदार ज्योती पान्डे भने ६ रनमै पभेलियन फर्किइन् । नेपालका लागि उल्लेखिय रन बटुल्ने अर्की ब्याट्सवुमन बनिन्, अप्सरी बेगम । अविजित रहेकी अप्सरीको नाममा २३ रन रह्यो ।
बलिङतर्फ कतारकी एन्जेलिन मारेले दुई विकेट हात पारिन् । यसैगरी, अलिना खान, सबिजा पन्यान र साची ढाडवालले एक–एक विकेट लिए ।
कतारका लागि कप्तान आयशाले सर्वाधिक २४ रन बनाइन् । उनीपछि धेरै रन लिने खेलाडी केरी पौउनसेट बनिन् । उनको नाममा १५ रन रह्यो ।
पाहुना टिमका तर्फबाट सरस्वती कुमारीले आठ रन खर्चेर चार विकेट लिइन् भने कप्तान रुविनाले दुई विकेट हात पारिन् । यसैगरी, सबनम राई, संगिता राई र कविता जोशीले एक–एक विकेट लिए ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया