‘धोनी सफल कप्तान हुन्छन् जस्तो लागेको थिएन’

काठमाडौं : भारतीय क्रिकेट टिमका पूर्वब्याट्सम्यान मोहम्मद कैफ र पूर्वकप्तान महेन्द्रसिंह धोनीबीच अनौठो संयोग छ । धोनीले भारतका लागि एक दिवशीय क्रिकेटमा डेब्यू गरेको खेलमा कैफ म्यान अफ दि म्याच चुनिएका थिए । उनै कैफले हालसालै धोनीका बारेमा रोचक अभिब्यक्ति दिएका छन् ।
कैफले, आफु, बिरेन्द्र सेहेवाग, जाहिर खान वा हरभजन सिंहमध्ये कसैले पनि धोनी भारतको सफल कप्तान बन्ने अपेक्षा नगरेको बताए । ‘लखनउमा रहेको मेरो एउटा साथीले धोनीको बारेमा सुनाएको थियो । दुलिप ट्रफीमा मैले उसको खेल हेर्ने मौका पाए । त्यस प्रतियोगिता दौरान म सेन्ट्रल जोनको कप्तान थिए । धोनी चाँही इस्ट जोनबाट खेलिरहेका थिए,’ कैफले भने, ‘ त्यस बखत म लगायत सेहेवाग, जाहिर वा हरभजन कसैले पनि धोनीले भारतको क्रिकेटलाई उचाईमा पु-याउछन् भनेर सोचेको थिएनौ ।’
गत अगस्टमा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका धोनी भारती क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान हुन् । उनले भारतलाई आइसीसी अन्र्तगतका सबै मूख्य प्रतियोगिता जिताएका छन् । सिंहले सन् २००४ मा बंगलादेश विरुद्धको खेलबाट भारतका लागि डेब्यू गरेका थिए ।
सोही खेलमा कैफले एक सय ११ बलको सामना गर्दै ८० रन बनाएका थिए । धोनीले भारतका लागि डेब्यू गरिरहँदा कैफ बाहेक युवराज सिंह, सेहेवाग र सिंह जस्ता खेलाडी पनि सोही टिममा थिए । ती मध्ये अधिकांश खेलाडी कालान्तरमा धोनीको नेतृत्वमा रहेको भारतीय टिमको सदस्य रहे ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया